महाकाली नदीको एक छेउ थुनियो ,दार्चुलामा डुवान हुन सक्ने चेतावनी


दार्चुला, असोज ३०।
दार्चुलामा महाकाली नदी एक छेउमा थुनिएको छ। भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोका कारण महाकाली नदी थुनिएको हो ।

नदी एक ठाउँमा थुनिएपनि नेपालबाट पानी निकास भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । तर अझैपनि पहिरो खसिरहेकाले नदीमा पानी सुक्दै गए दार्चुला सदरमुकामवासी डुबानको खतरामा पर्न सक्ने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बिहान, दिउँसो र बेलुकासमेत आफूले पहिरोको अनुगमन गरेको बताउँदै पहिरोले नदीको पानी पूर्ण अवरुद्ध भएमात्र खतरा हुने जानकारी दिनुभयो । तर पनि सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

नेपाली सेनाको खलङ्गामा रहेको दुर्गा दल गुल्मले शुक्रबार रातिदेखि निरन्तर निरीक्षण गरिरहेको छ । हिजो नेपाल भारतको संयुक्त प्राविधिक टोलीले पहिरो र नदीको अनुमगन गरेको थियो ।

आज पनि थप अनुगमन गर्ने सेनाले तयारी गरेको छ । गत असोज १८ गते भारतमा पहिरो खसेपछि दार्चुलामा महाकाली नदी आशिंक रुपमा थुनिएको हो ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter