हिन्दु राज्यको पक्ष विपक्षमा काग्रेस भित्र विवाद बढ्ने संकेत

असोज ३० काठमाण्डौं ।

लामो समय हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको नारामा बसेर राजनीति गर्दै आएको काग्रेसले ६२/६३ सालको जनआन्दोलनपछि मात्रै गणतन्त्र स्वीकार गरे पनि अहिले फेरी हिन्धु राज्यको पक्षमा नेताहरु देखिन थालेका छन् ।
काग्रेस महामन्त्री डा.शसाक कोईरालाले हिन्दु राज्यको लागि जनमत संग्रहको माग बढ्नु सकारात्मक रहेको टिप्पणी गरे पछि काग्रेस भित्र विवाद हुने संकेत देखिएको छ ।
तर, महामन्त्री कोईरालाले यो आफ्नो निजि बिचार भएको बताउनु भएको छ । यसै गरी काग्रेसका अर्का नेता डा.शेखर कोईरालाले पनि हिन्दु धर्मबारे सार्वजनिक अभिव्यक्ति दिनु भएको थियो ।
उहाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालबाट धर्म निरपेक्षता हटाउने कमिटमेन्ट नेपाली नेताहरुले गरेर पनि नहटाएको बताएको सन्दर्भ निकालेका थिए ।
उनको दावी थियो “ नेताहरुले धर्मनिरपेक्षता हटाउन करोडौं खाएर पनि नहटाएकाले भारत रिसाएको भनेर टिप्पणी पर्वतमा पुगेर गरेका थिए ।
साथै सविधान सभा सचिवालयमा सविधानको प्रस्तावनामा धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नु पर्ने प्रस्ताव दर्ता गराउनु भएको थियो ।
यसरी काग्रेस भित्र हिन्दु राज्यको अभियानै चलाईरहेका खुम बहादुर खड्काको बलिायो समुह छ भने महामन्त्री सहित नेताहरु हिन्दुको पक्षमा उभिदा पार्टी भित्र असन्त्ुष्टी बढ्ने एक नेताले बताए ।

कार्तिक ४ देखि ६ गते सम्म विराट हिन्दु सम्मेलन काठमाण्डौंमा हुन लागेका बेला काग्रेस नेताहरुको बिचारले चर्चा पाएको छ ।
सो सम्मेलनको उद्घाटन पूर्व राजा ज्ञानेन्द्र शाहले गर्दै हुनुहुन्छ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter