व्रिक्स विमस्टेक आउटरिच सम्मेलनमा प्रधानमन्त्री दाहालले संबोधन गर्ने

काठमान्डौ ,असोज ३० ।
भारतको गोवामा सुरु भएको व्रिक्स विमस्टेक आउटरिच सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज सम्बोधन गर्दै हुनु हुन्छ ।

सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्षकमल दाहाल परराष्टमन्त्री प्रकाशशरण महत लगतायत १८ सदस्यीय नेपाली टोली हिजो नै गोवा प्रस्थान गरेको छ ।

सो सम्मेलनमा नेपालले भुपरिवेष्ठित राष्टहरुको समस्या र अन्तर्देशीय सम्पर्क सञ्जालको विषयलाई प्राथमिकता दिने तयारी गरेको छ ।

यस्तै प्रधानमन्त्री दाहालले व्रिक्स सम्मेलनमा सहभागी हुन आउने राष्ट्रका सरकार तथा राष्टप्रमुखका साथै विमस्टेक सदस्य राष्टप्रमुखहरुसँग साइड लाइन वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री दाहालले आज सम्मेलन सहभागी हुन आउनु भएका ब्राजिलका राष्ट्रपति मिचेल तेमेरसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम रहेको छ । सो लगत्तै विहान साढे नौ बजेदेखि १० बजेसम्म दाहालले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । पुटिनसँग दाहालले आज पहिलो भेट गर्न लाग्नु भएको हो ।

यस्तै दाहालले आज बिहान साढे दश बजेदेखि श्रीलंकाली राष्ट्रपति मैत्रीपाला श्रीसेनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अपरान्ह पौने ४ बजे बिमस्टेक नेताहरूसँग होटल लिलामा रिट्रिट कार्यक्रम रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले स्वागत गर्ने सो कार्यक्रममा बिमस्टेकका नेताहरुले ब्रफिङ गर्ने तथा सम्बोधन गर्ने गर्नेछन् । खुला छलफलपछि प्रधानमन्त्री दाहालले समापन मन्तव्य राख्नु हुने बताइएको छ ।

यस्तै साढे ४ बजेबाट बिमस्टेक र ब्रिक्सका नेताहरुबीच होटल लिलामै ‘आउटरिच समिट’ हुनेछ। साँझ ६ बजे ब्रिक्स र बिमस्टेकका नेताहरूको संयुक्त बैठकलाई दाहालले सम्बोधन गर्नु हुनेछ ।

दाहालले आज राति ९ बजेदेखि १० बजेसम्म भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मोदीसँग दाहालले आज दुइ पक्षीय हितको सम्बन्धमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसअघि दाहालले हिजो साँझ नै मोदीसँग अनौपचारिक छलफल भने गरिसक्नु भएको छ ।

यसैविच प्रधानमन्त्री दाहालले हिजो चिनीया राष्ट्रपति सी जिङपिङ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गर्नु भएको थियो ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...