शेर्पा सेवा केन्द्रको अधिवेशन : संस्कारमा मिताव्यायिता अपनाउन जोड


काठमाडौं।

शेर्पा समुदायकै जेठो र सम्पन्न संस्थामानिने शेर्पा सेवा केन्द्रको सातौ अधिवेशन शुरु भएको छ । पाँचौ औतारी ङावाङ लोजाङ येशे रिन्पोछे (तोलका टुल्कु)द्धारा अधिवेशनको छ्योमे (दीप) प्रज्जवलन गरी उद्घाटन गरेको हो । तामजामका साथ शुरु भएको अधिवेशनको सत्र जारी छ ।

‘लगतै वन्द सत्र हुने र जसमानयाँकार्य समितिचयनको प्रक्रिया समेत अघिबढ्ने छ ।’ महासचिव गेल्जे लामा शेर्पाले भने ‘महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुतगर्ने कार्यक्रम लगतै कार्य समितिचयनको प्रक्रियाअघिबढाउने तालिका छ ।’ पाँचबर्ष कार्यकाल रहने समितिको नयाँ नेतृत्वको लागिखास आकांक्षीहरु नदेखिएपछिआजै अधिवेशन सकिने अधिकारीहरु वताउँछन् ।

उद्घाटन सत्रमाबोल्दै पूर्वमन्त्रीआङ छिरिङ शेर्पाले सेवा केन्द्रले समुदायको विकास, पहिचान स्थापितगर्न र भाषा, धर्म, संस्कृतीको विकासमा टेवापुगेको बताए । उनले अघिथपे ‘शेर्पा सेवा केन्द्र स्थापनाको ३८ बर्ष पुरा गर्दा हामीमाआमूल परिवर्तन भएको छ । हाम्रो आर्थिक हैसियतबढेको छ । हामी समृद्धीतर्फ उन्मूखभएकाछौं ।’ केन्द्र स्थापनाले शेर्पाको पहिचान र गरिमालाई उच्चबनाएको उल्लेख गर्दै सेवा केन्द्रका सल्लाहकार समेत रहेको शेर्पाले भने ‘शेर्पा समुदायमाभएकाखर्चहरुमामिताव्यायिताअपनाउन समेत केन्द्रले भूमिकानिर्वाह गरिरहेको छ । यसलाई थपप्रभावकारी रुपमाअघिबढाउनुपर्ने देखिन्छ ।’ संस्कारहरु महंगो हुँदै गएकाले यसलाई न्यूनिकरणगर्दै अघिनबढे समुदायले धान्न सक्ने अवस्था नरहेको तर्फ सचेत गराए ।

त्यस्तै, पूर्व सांसद आङ ङावा शेर्पाले समुदायको विकासकालागि सेवा केन्द्रकादायर अझ फराकीलो हुनुपर्नेमाजोड दिए । केन्द्रको नेतृत्वमायुवाहरुलाई पनि स्थानदिने र कार्य समितिसमेत व्यापकगर्नुपर्नेमाउनले जोड दिए । केन्द्रका संस्थापकमहासचिव सोनामछिरिङ शेर्पाले समुदायमाखर्च मिताव्यायितातर्फ जोड दिए । उनले गुम्वाभित्र राजनैतिकगन्धछिर्न नहुनेमा सचेत गराए । त्यस्तै, शेर्पा महिला संघकाअध्यक्षङिमी शेर्पा शेवा केन्द्रलाई अझव्यापकबनाउनकार्य समितिमामहिलाहरुको प्रतिनिधित्वबढाउनुपर्ने बताए । त्यस्तै, आचार्य नुवु शेर्पाले धार्मिक संस्थाको रुपमा सेवा केन्द्रको विकास भइरहेकोले यसले गर्ने कार्यहरु अझ सशक्तहुनुपर्ने र समुदायको हितमाव्यापककार्यक्रमहरु बनाइलागू गर्नुपर्नेमाजोड दिए ।

नेपाल शेर्पा संघकाअध्यक्षआङ दोर्जी शेर्पाले समुदाय समृद्धीतर्फ उन्मूखभईरहेको र समय सान्दर्भिक रुपमा परिमार्जित रुपमा संस्कारहरुको विकास गर्नुपर्ने विचार व्यक्त गरे । अध्यक्ष शेर्पाले संस्कारहरु समय सापेक्ष परिमार्जित र सरलीकरणतर्फ समेत सेवा केन्द्रको भूमिकाअहमहुने बताए ।

केन्द्रका पूर्वमहासचिवआङ काजी शेर्पा किसानले शेर्पा समुदायको सम्पतीको रुपमा सेवा केन्द्र स्थापित भइसकेकाले यसले अब पहिचानजन्यगतिविधिहरुलाई जोड दिनुपर्ने बताए । केन्द्र एकांकीनभई वहुउद्देश्यीयहुनुपर्नेमा समेत शेर्पाले जोड दिए ।
केन्द्रकाउपाध्यक्षजाङबु शेर्पाले स्वागतमन्तव्यव्यक्तगर्दै शूरु भएको अधिवेशनको अध्यक्षतावर्तमानअध्यक्षक्या. आङ देण्डी शेर्पाको अध्यक्षतामा जारी छ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया