मन्त्रीले भनिन् “सेक्सका लागि ठूलो ठाउ चाहिदैन”

असोज २९ एजेन्सी । सम्पत्तिमा प्राथमिकता दिनु आवस्यक छैन किन कि सेक्सका लागि सबै भन्दा थोरै ठाउ चाहिन्छ । यो भनाई सिंगापुरकी जनसंख्या मन्त्री जोसेफिन तियोको हो ।
उनले एक सरकारी सञ्चार माध्यममा दिएको साक्षात्कारमा परिवार, बच्चा जनसंख्या र सम्पत्तिको विषयमा टिप्पणी गर्नु भएको हो ।
पत्रकारले सिंगापुरको नया पुस्ताले आफू बस्ने घर नभएकाले बच्चा जन्माईरहेका छैनन् भन्ने प्रश्नको सन्दर्भमा उहाले यस्तो टिप्पणी गर्नु भएको हो ।

minister
सिंगापुरमा जनसंख्या वृद्धिदर एकदमै कम भए पछि चिन्तित बनेको सरकारले युवाहरुलाई जनसंख्या बढाउन प्रोत्साहित गरीरहेको छ ।
सन् २०१३ बाट शुरु भएको हाउजिङ पोलिसी अन्तर्गत बिबाह गरेर बच्चा जन्माएका वा जन्माउन चाहने परिवारलाई मात्रै घर वा फ्लाट किन्न प्राथमिकता दिने गरिएको छ ।

आईसल्याण्ड मुलुक सिंगापुरको कुल जमिन २७७.६ बर्ग किलो मिटर मात्रै छ । र जनसंख्या जम्मा ५६ लाख मात्रै छ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया