चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण सुनिश्चीत गर्न प्रचण्डको आग्रह

काठमाडौँ, असोज २९ ।

प्रधानमन्त्री पुपकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण सुनिश्चीत गर्न आग्रह गर्नुभएको छ ।

भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार साँझ भएको विशेष भेटवार्तामा प्रचण्डले यसै बर्षभित्र हुने भनिएको सीको नेपाल भ्रमण सुनिश्चित होस् भन्ने आग्रह गर्नुभएको हो ।

यस्तै भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग व्यापार, पारवहन र विकासका विषयमा पनि छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल र सीबीचको भेटमा दुई देशको सुमधुर कसरी सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाईएको छ ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया