प्रधानमन्त्री दाहाल र भुटानी प्रधानमन्त्री बीच भेटवार्ता

काठमाण्डौ ,२९ असोज ।

ब्रिक्स सम्मेलनमा भाग लिन भारत पुगेका प्रधानमन्त्री दाहाल र समकक्षी छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटान सरकारसँग आग्रह गर्नुभएको छ ।

शरणार्थी समस्याको समाधानले दुई देशबीचको सम्बन्धलाई अझ बढी उचाइमा र्पुयाउने उल्लेख गर्दै प्रम दाहालले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । भुटान फर्कन चाहने शरणार्थीको चाहनालाई सम्बोधन गर्न प्रधानमन्त्रीले आग्रह रहेको उहाले बताउनु भयो ।

प्रधानमन्त्री दाहाल र समकक्षी तोग्बेृबीच दुई देशका साझा समस्यालाई आपसी सहयोग आदानप्रदान गरी समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने विषयमा वार्ता भएको थियो ।

त्यसैगरी, प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तोब्गेसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्मेलन गर्ने उपयुक्त वातावरण बनाउने सम्बन्धमा पनि छलफल गर्नुभएको बताईएको छ ।

उहाले सार्कलाई गति दिनका लागि दुई देश मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो ।

साथै, नेपाल, भारत, भुटान र बङ्गलादेशसहितको सार्क उपक्षेत्रीय समूहका मुलुकले ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा मिलेर अगाडि बढ्न र त्यसका लागि साझा धारणा तय गर्ने विषयमा पनि छलफल भएको थियो ।

भेटघाटका क्रममा भुटानी प्रधानमन्त्री तोब्गेले द्विपक्षीय हितका विषयमा भुटान सकारात्मक रहेको र शरणार्थीका विषयलाई चाँडो समाधान गर्न पहल गर्ने बएका थियो ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...