एमालेको चियापान सम्पन्न

काठमाण्डौ, २९ असोज । नेकपा एमालेले दशै तिहार जस्ता विभिन्न पर्वहरुको अवसरमा आज चियापान कार्यक्रमको आयोजना गर्यो ।
चियापानमा प्रमुख सत्तारुढ काग्रेसका सभापति शेर बहादुर देउवा , सभामुख ओनसरी घर्ती सहित विभिन्न दलका नेताहरुको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारी, सांसद, मुख्यसचिवसहित उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारीलाई चियापान कार्यक्रममा पुगेका थिए ।

सो अवसरमा बोल्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न तयार रहेको बताउनु भएको छ ।

यस्तै, एमालेको निम्तो मान्न धुम्बराही पुग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत पक्षलाई मूल प्रवाहमा ल्याउन एमालेले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले तीन ठूला दल मिलेर अघि बढे मात्र देशले निकास पाउने भएकाले त्यसका लागि एमाले तयार हुनुपर्ने उल्लेख गर्नुभयो ।

सभपाति देउवाले संविधान कार्यान्वयका लागि ७४ साल माघ ७ गतेभित्र तीनवटै तहको चुनाव हुने दाबी गर्नुभयो । एमालेले आयोजना गरेको चियापान कार्यक्रमा विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराही शङ्खपार्कमा भएको चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजकुमार गच्छादारलगायका शीर्ष नेता सहभागी भएका छन् ।

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले सुरु गर्नुभएको चियापनलाई पार्टीले प्रत्येक वर्ष निरन्तरता दिँदै आएको छ ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...