राष्ट्रपतिद्वारा भक्तपुर नवदुर्गाको पुजा तथा प्रसाद ग्रहण

भक्तपुर, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अन्तिम दिन आज भक्तपुरको नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गर्नु भएको छ । हरेक वषै दशैंको अन्तिम दिन मन्दिरमा दिन राष्ट्रप्रमुखले यस मन्दिरमा आएर प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
अपरान्ह ४ः १० बजे सुरक्षाकासाथ मन्दिर आइपुगेका राष्ट्रपतिलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए । नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपति नवदुर्गाको पुजा एवं टीका प्रसाद प्रदान गरी स्वागत गरेका थिए ।
आर्थिक अभाबका कारण मन्दिरको पूजाअर्चना रोकिने अवस्था बारे हरेक राष्ट्रप्रमुखहरुलाई अवगत गरायता पनि कसैले वास्था नगरेको नवदुर्गा गणका सदस्यहरुले गुनासो गरे । हरेक वर्ष झै यो वर्ष पनि मन्दिरको आर्थिक अवस्थाबारे रहेता पनि सरकारको ध्यान कहिल्यै यतातर्फ जान नसकेको भन्दै मन्दिरका पुजारीले राष्ट्रपतिलाई गुनासो पोखेका थिए भने हरेक वर्ष गुनासो सुन्दै आउनु भएको राष्ट्रपतिले समेत केहि गर्न नसकेको र आश्वासनको निरन्तरता यो वर्ष पनि जारी रहेको पुजारी र बनमालाहरुले जानकारी दिएका थिए ।
सो अवसरमा तलेजु भवानी मन्दिरका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले गणतन्त्र आउनुअघि भक्तपुरको तलेजुमा भवानी मन्दिरको चढाउने महाधुमा मिसाउने चार लाल कस्तुति राष्ट्रप्रमुखले प्रदान गर्दै आएकोमा अहिले त्यो रोकिएकोप्रति राष्ट्रपति समक्ष गुनासो गर्नुभएको जनाइएको छ ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार