पुनःनिर्माणमा ढिलासुस्ती : मन्त्री पौडेल


भक्तपुर, २९ असोज  । शिक्षा मन्त्री धनीराम पौडेल विश्वसम्पदा सूचिमा परेको भक्तपुरका महत्वपूर्ण सम्पदाको सरकारले समयमा नै संरक्षण गर्नुपर्ने बताउनुभएको ।
शिल्पकार समाज नेपाल भक्तपुरले आज गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले विश्वसम्पदा सूचिमा परेका सम्पदाको भूकम्पले क्षति पु¥याएको र अब सरकारले छिटो पुनःनिर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विश्वसम्पदा सूचिको पुनःनिर्माण हुन नसके नेपालको अन्तर्राष्ट्रिय पहिचान गुम्ने भन्दै यसतर्फ सरकार र सरोकारवालाहरुको ध्यान जानुपर्नेमा उहाँको भनाइ छ । शिल्पकारहरुको शीपलाई प्रविृधि र आधुनिकतासँग जोड्न सके भूकम्पपछिको पुनःनिर्माणमा ठूलो सहयोग पुग्ने चर्चा गर्दै मन्त्री पौडेलले सम्पदा जर्गेना गर्ने कार्यमा शिल्पकारहरुको शिल्पिकलाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्नुभयो ।
नेपालमा पर्यटन विकास गर्नका लागि पनि शिल्पकारको शिपलाई सरकारले उचित सदुपयोग गर्नुपर्ने भन्दै उहाँले इतिहासँग प्रविधिलाई जोड्नुपर्ने र नेपालको शैक्षिक अवस्थाको गुणस्तरीयता कायम हुने विश्वास व्यक्त गर्नुृभयो ।
नेपालको शिक्षा प्रविधिसँग नजोडिदा धेरै शिक्षित युवा बेरोजगार हुनुपरेको भन्दै अबको शिक्षा प्रविधि मैत्री बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
शिल्पकार समाज नेपाल भक्तपुरका अध्यक्ष पुरुषोत्तम शिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतले शिल्पकारको शिपलाई सदुपयोग गर्नसके नेपालमा नै धेरै काष्ठकलासँग काम गर्ने प्राविधिकहरुको संरक्षण हुन सक्ने कुरा व्यक्त गर्नुभयो ।
सो अवसरमा शिल्पकार समुदायबाट एसएलसी उतिर्ण ४७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया