तराई केन्द्रित दलहरुको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने : वनमन्त्री भण्डारी

भक्तपुर, २९ असोज । वन तथ भू–संरक्षण मन्त्री शंकर भण्डारीले तराई केन्द्रित दलहरुको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं साधारण सभाको उद्घाटन गर्दै उहाँले संविधान संशोधन गरी छिटो भन्दा छिटो संविधान कार्यन्वयनमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संविधान कार्यान्वयन हुन नसके प्राप्त उपलब्धीहरु समेत गुम्न सक्ने खतरा औंल्याउँदै मन्त्री भण्डारीले त्यसका लागि पनि संविधान संशोधन गरी संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
प्रमुख तीन दल नमिलेसम्म संविधान संशोधन नहुने र संविधान संशोधन नगरी तराई केन्द्रित दलहरुको माग सुनुवाई नहुने चर्चा गर्दै मन्त्री भण्डारीले सबैको भावना समेट्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया