पटाकासहित एक महिला पक्राउ

काठमाडौं, असोज २९।
काठमाडौं भित्रने मुख्य नाका नागढुंगामा ठूलो परिमाणमा पटकासहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत मोतीहारी घर भएकी हाल काठमाडौंको स्यम्भूमा बस्दै आएकी ४५ वर्षकी निलम चौधरी रहेकी छिन ।

गौरबाट काठमाडौंको लागि छुटेको ना ५ ख ४९६२ नम्बरको बसमा चेकजाँचको क्रममा कोब्रा ब्राण्डको ६६ सय थान पटकासहित उनलाई पक्राउ गरिएको नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरीलाई कारवाहीका लागि प्रहरी वृत्त थानकोटमा पठाइएको छ । बरामत गरिएको पटका नष्ट गर्ने तयारी गरीएको प्रहरीले जनाएको छ ।

तिहार नजिकिन लागेपछि पटकासँगै विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले उपत्यका भित्रने मुख्य नाकामा कडा चेकजाँच सुरु गरेको छ ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...