आज अन्तराष्ट्रिय ग्रामीण महिलाको दिवस मनाइदै

काठमाडौं, असोज २९।
अन्तराष्ट्रिय ग्रामीण महिला दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै छ । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो ।

विश्व जनसंख्याको एक तिहाई हिस्सा ग्रामीण महिलाको रहेको छ । ति ग्रामीण महिला जीविकोपार्जनका लागि प्राकृतिक स्रोत र कृषिमा निर्भर रहेका छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।

ग्रामीण महिलाले परिवारका लागि चाहिने खाद्यन्नको उत्पान तथा त्यसको व्यवस्थापन गर्ने भएकाले खाद्य सुरक्षाका लागि उनीहरु निकै महत्वपूर्ण रहेको राष्ट्रसंघले जनाएको छ । गरिबीमा रहेका मध्ये ७६ प्रतिशत मानिसको बसोबास ग्रामीण क्षेत्रमा रहेको छ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब महिलाले उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले उनीहरुको अवस्था सुधारका लागि सबै एक भएर लाग्नु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।

यसैविच दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रसंघका महासचिव बान कि मुनले ग्रामीण महिलालाई सशक्त गराउन सके गरिबी तथा भोकमरी कम गर्न सहयोग पुग्ने बताउनु भएको छ ।

साथै मुनले उनीहरुलाई सबैले आवश्यक सम्पूर्ण सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ । ग्रामीण महिलालाई समान अवसर दिन सके मात्रै दीगो विकास लक्ष्य हाँसिल गर्न सकिने उहाँले बताउनुभयो ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...