विक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत प्रस्थान

काठमान्डौ असोज २९ ।
व्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारतको गोवा प्रस्थान गर्नू भएको छ । भोली देखि सुरु हुने सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल,परराष्टमन्त्री प्रकाशशरण महत सहित १८ सदस्यीय नेपाली टोली आज विहान त्यस तर्फ प्रस्थान गरेको हो ।

सो सम्मेलनमा नेपालले भुपरिवेष्ठित राष्टहरुको समस्या र अन्तर्देशीय सम्पर्क सञ्जालको विषयलाई प्राथमिकता दिने तयारी गरेको छ ।

यस्तै प्रधानमन्त्री दाहालले व्रिक्स सम्मेलनमा सहभागी हुन आउने राष्ट्रका सरकार तथा राष्टप्रमुखका साथै विमस्टेक सदस्य राष्टप्रमुखहरुसँग साइड लाइन वार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले छ । चीन, भारत, भुटान र श्रीलङकाका सरकार तथा राष्टप्रमुख सँगको भेटवार्ताको कार्यतालिका तय भइ सकेको परराष्ट स्रोत जनाएको छ ।

प्रधानमन्त्रीले आज साँझ नै चीनीया राष्ट्रपति सी जिङपीङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँहरु विचको भेटमा दुइ पक्षीय आपसि हितका सम्बन्धमा छलफल हुने बताइएको छ । साथै भेटमा चिनीयाँ राष्टपतिलाई नेपाल भ्रमणको निम्तो दिनु हुने परराष्ट्र स्रोतले बताएको छ ।

यस्तै प्रधानमन्त्री दाहालले भोली भारतीय समकक्षी नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रधानमन्त्री दाहाल सम्मेलन अघि हुने बहुपक्षिय प्राविधिक तथा आर्थिक सहर्कायका लागि बंगालको खाडिको प्रयास विमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखहरुमो रिटफिट बैठकमा सहभागी हुनुहुनेछ । विमस्टेक सदस्य राष्ट्रलाई व्रिक्स शिखर सम्मेलनमा अतिथिका रुपमा बोलाइएको हो ।

व्रिक्स सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री सहितको नेृपाली टोली कात्तिक १ गते दिल्ली हुदै स्वेदश फर्कने कार्यक्रम छ ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया