दशै बिदा सकियो ,कर्मचारी कार्यलय फर्किएनन्

काठमाण्डौ, २८ असोज ।
दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन् । पाँच दिने दशैँ बिदापछि शुक्रबार कार्यालय खुलेका हुन्।
दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले अधिकांश कार्यलयमा कर्मचारी भेटिएनन् ।

मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र पनिकर्मचारीकोको उपस्थिति न्यून थियो । कर्मचारीको न्यून उपस्थितिले सिंहदरबारका अधिकांश मन्त्रालयभित्र जाँदा मन्त्री, सचिव, सहसचिव तथा अन्य कर्मचारीका कक्ष खाली रहेका थिए ।

अधिकाशं कार्यलयमा बिदा पछि आएका सिमित कर्मचारीपनि दशैको बारेमा गफिनमै ब्यस्त थिए ।
शनिबार कोजागत पूर्णिमा र सार्वजनिक बिदा परेकाले अधिकांश कर्मचारी आइतबार मात्रै कार्यालय आउने गरी दशैँ मनाउन हिंडेका छन्। धेरैले शुक्रबार व्यक्तिगत बिदा लिएर हिंडेका कारण पनि कार्यलयमा उपस्थित थिएनन् ।

यसैविच धरानस्थित नेपाल टेलिकमको कार्यालयमा टेलिफोन र इन्टरनेटको महसुल तिर्न गएका उभोक्ताहरु महशुल नतिरेरै फर्किएका छन् ।

बिहान ९ बजेदेखि लाइन लागेर उभिए पनि साढे ११ बजेसम्म कुनै कर्मचारी नआएपछि उभोक्ताहरु हैरान भएर फर्किएका हुन ।
दसैं बिदा सकिएपनि कर्मचारीहरु कार्यालयमा उपस्थित भए नभएको हेर्ने निकायले अनुगमन नगर्दा आफुहरुले दुख पाएको उपभोक्ताको गुनासो छ । आक्रोशित उपभोक्ताहरुले कर्मचारीहरुले गैरजिम्मेवारी रवैया देखाएको बताएका छन् ।

टेलिकमको कार्यालयमा महसुल तिर्नेको भीड सधै हुने भएकाले दसैंको बिदा सकिएलगतै टेलिफोन तथा इन्टरनेटको विल तिर्न कार्यालय समय भन्दा अगाडी नै लाइनमा वसेका थिए ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...