प्रधानमन्त्री प्रचण्ड भोली भारत जादै (भ्रमण तालिका सहित)

काठमाण्डौ, २८ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भोली (शनिवार) १५ सदस्यीय प्रतिनिधि मण्डलका साथ भारतको गोवामा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दैछन् ।

उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार विहान ७ ः४५ बजे नेपाल वायु सेवा निगमको जहाजबाट भारत जाने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको भ्रमण तालिकाबारे जानकारी गराएका हुन् । दाहालसँग उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका सचिव टंकमणि शर्मा लगायत रहने छन् ।
गोवामा दुई दिन रहँदा दाहाल ब्रिक्स र बिमस्टेक सिम्मेलनमा सहभागी हुनेछन् । उनले चिनीया राष्ट्रपति सि जिङपिङ, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेदेखि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसम्मलाई भेट्ने छन्।

यस्तो छ प्रधानमन्त्री दाहालको विस्तृत भ्रमण तालिका—

असोज २९ गते, शनिबार
प्रधानमन्त्री दाहाल को नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल शनिबार बिहान ७.४० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नेछ।

नेपाल एयरलाइन्सबाट दिल्लीको इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा साढे नौ बजे उत्रेपछि प्रधानमन्त्री दाहाल भारत सरकारले व्यावस्था गरेको विशेष विमानमा बिहान ११ बजे गोवा प्रस्थान गर्नेछन्।

साढे १ बजे गोवा पुगेपछि प्रधानमन्त्री दाहाललाई सम्मेलनस्थल होटल लिलामै बस्ने व्यवस्था मिलाइएको छ, जहाँ साँझ ४ बजेबाट साइडलाइन भेटवार्ताहरू राखिएको छ। प्रधानमन्त्री दाहालको भेटवार्ता भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेबाट सुरु हुनेछ।

भेटघाट तालिका अनुसार २९ असोज साँझ ४ बजे भुटानी प्रधानमन्त्री लोन्चेन छिरिङ तोब्गेसँग प्रधानमन्त्री दाहालले आधा घण्टा भेटवार्ता गर्नेछन्। त्यसपछि ५ बजेबाट ब्रिक्स सदस्य राष्ट्र दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमासँग भेट तय गरिएको छ।

प्रधानमन्त्री दाहालले साँझ ६ः१० देखि ६ः४० सम्मको समय चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्। सरकारको तयारी हेर्दा गोवा भ्रमणको क्रममा दाहालले सीसँगको भेटलाई विशेष महत्व दिएका छन्।

असोज ३० गते आईतवार
दाहालले आइतबार बिहान पौने आठ बजे आधा घण्टा ब्राजिलका राष्ट्रपति मिचेल तेमेरसँग साइडलाइन वार्ता गर्नेछन्। ब्रिक्सको सदस्य दक्षिण अमेरिकी राष्ट्र ब्राजिलका राष्ट्रपति शीखर सम्मेलनमा सहभागी हुन गोवा आएका हुन्।

लगत्तै साढे नौ बजेदेखि १० बजेसम्म दाहालले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँग भेटवार्ता गर्नेछन्। पुटिनसँग दाहालको भेट संभवतः पहिलो हो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सदस्य राष्ट्र रुस ब्रिक्समा चीनपछि शक्तिशाली मानिन्छ।

आइतबार बिहान साढे दश बजेदेखि श्रीलंकाली राष्ट्रपति मैत्रीपाला श्रीसेनासँग दाहालको भेट हुनेछ। थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत छानओ चासँग साढे २ बजेदेखि भेटवार्ता गर्ने दाहालको कार्यसूची छ। तर थाइल्याण्डका राजा भूमिबलको बिहिबार मृत्यु भएकाले थाइ प्रधानमन्त्री प्रयुतको गोवा कार्यक्रम अनिश्चित बनेको छ।

आइतबार पौने ४ बजे बिमस्टेक नेताहरूसँग होटल लिलामा रिट्रिट कार्यक्रम छ, जसलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गर्ने छन्। कार्यसूची अनुसार बिमस्टेकका नेताहरुले तीन तीन मिनेट ब्रिफिङ गर्ने र पाँच पाँच मिनेट सम्बोधन गर्नेछन्। खुला छलफलपछि प्रधानमन्त्री दाहालले समापन मन्तव्य दिनेछन्।

आइतबार साँझ साढे ४ बजेबाट बिमस्टेक र ब्रिक्सका नेताहरुबीच होटल लिलामै ‘आउटरिच समिट’ हुनेछ। साँझ ६ बजे ब्रिक्स र बिमस्टेकका नेताहरूको संयुक्त बैठकलाई दाहालले सम्बोधन गर्नेछन्।

संयुक्त बैठक र डिनरपछि राती साढे ९ बजेदेखि १० बजेसम्म दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन्।

कात्तिक १ गते सोमबार
कात्तिक १ गते बिहान प्रधानमन्त्री दाहालले माओवादी केन्द्र निकट प्रवासी संगठन अखिल भारत नेपाली एकता मञ्चका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ।

साढे नौ बजे दाहाल गोवाबाट नयाँ दिल्ली उड्ने छन्। दिल्लीमा ३ घण्टा समय भएकाले दाहालले भारतीय नेतासँग भेट्ने सम्भावना छ।
दिल्ली विमानस्थलबाट साँझ ७ः४० मा नेपाल एयरलाइन्सको विमान मार्फत् काठमाडौँ फर्कने दाहालको कार्यक्रम छ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter