काभ्रेको पाचखालमा बस दुर्घटना हुँदा ३ को मृत्यु ,११ घाईते

काभ्रे ,२८ असोज ।

काठमाडौंबाट पलाञ्चोक भगवती दर्शन गर्न गएकाहरु चढेको गाडी काभ्रेको पाँचखालमा दुर्घटना हुँदा ३ जनाको मृत्युृ भएको छ । ११ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुईजनाको घटनास्थलमै र एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाएका काभ्रे खरेलथोकका अर्जुन खरेल र दोलालघाट माइती भएकी रसिला तामाङको मात्रै सनाखत भएको छ ।

कीर्तिपुर यातायातको बा ४ ख १९१३ नम्बरको बस पाँचखाल नगरपालिका राम्चेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter