स्थानीय र प्रादेशीक निर्वाचन तत्कालै : काग्रेस महामन्त्री कोईराला

नवलपरासी , २८ असोज ।

नेपाली काग्रेसका महामन्त्रि डा. शसाङक कोईरालाले स्थानीय र प्रादेशीक निर्वाचन तत्कालै गराउनुपर्ने बताउनु भएको छ ।

निर्वाचनका लागि कुनै एक मात्र पार्टीले चाहेर नहुने भन्दै एमाले सहीत मधेशी मोर्चा लाई समेत सहमतीमा ल्याएर निर्वाचन गराउनुपर्ने बताउनुभएको हो ।

नेपाली काग्रेंस कावासोती नगर समितिले दशैं,दिपावली र छठ को अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन नवलपरासी आउनुभएका कोईरालाले नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।

निर्वाचन नभएसम्म संघियता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै यस्का लागि सबै दल एकै स्थानमा उभिनुपर्नेमा कोईरालाको जोड थियो । निर्वाचनमा जादा जित हार स्वभाविक हुने भएकाले सबै दल हारजितको राजनिती भन्दा बाहीर आएर निर्वाचनका लागि सरकार लाई सहयोग गर्न कोईरालाले आग्रह गर्नुभयो ।

14681744_657042331120894_8239434644260323322_n

एक अर्को प्रसङगमा नेता कोईरालाले भारत र पाकिस्तानको सम्बन्धमा समान धारणा रहेको बताउनुभयो। कोईरालाले आजै नेपाली काग्रेस कावासोती नगर समितीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी भित्रको तिक्तता त्यागेर संगठन निमार्णका लागि लाग्न कार्यकर्ता लाई निर्देशन समेत दिनुभएको छ ।

महामन्त्री डा. कोइरालाले आजै नेपाली काग्रेंस कावासोती नगर समितिले दशैं,दिपावली र छठ को अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेंसका लोकतन्त्र संस्थागत भएन भने मुलुक अफठयारो परिस्थिति तर्फ धकेलिने भएकाले कार्यकर्तालाई संयम भएर लाग्न अनुरोध गर्नुभयो ।

सो अवसरमा नेपाली कागं्रेसका केन्द्रिय सदस्यहरु , गोबिन्द भटट्राई, बद्री पाण्डे , देबेन्द्रराज कण्डेल ,गुरुराज घिमिरे, सांसद बिक्रम खनाल ,पुर्ब केन्द्रीय सदस्य कृण्णचन्द्र नेपाली,पुर्ब सांसद महेन्द्र ध्वज जीसी ,जिल्ला सभापति बिण्णु लामिछाने लगायतका बक्ताले कागं्रेसलाई एक ढिक्का भएर लैजानुपर्ने बिचार राख्नुभएको थियो ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter