इलामको माइखोलामा डुङ्गा पल्टदा पाँचको मृत्यु, तीसको उद्धार

इलाम,२८ असोज।
इलामको दानाबारी र महमाई गाविसको बिचमा रहेको माइखोलामा डुङ्गा पल्टदा पाँच जनाको मृत्यु भएको छ ।

आफन्तजनको घरमा टिका थापेर दानाबारीबाट महमाई फर्कदै गरेका सर्वधारणलाई खोला तार्ने क्रममा दिउँसो एक बजे दानाबारीको गरुवा दोभानमा डुङ्गा पल्टिएको हो ।

ज्यान जानेमा महमाई–१ का ७५ वर्षका जसबहादुर राई, ४५ वर्षकी डम्बरमाया मगर, महमाई–२ की ३९ वर्षकी पवित्रा पौडेल र महामाई १ का हर्कबहादुर मगर र अर्को बालकको परिचय अझै खुल्न नसकेको प्ररहीले जनाएको छ ।

यस्तै मोरङ मधुमल्लाकी रुबिना खड्काको गम्भीर अवस्थामा उद्धार गरिएको छ । उनको साथमा रहेको बालक भने बेपत्ता भएको रुबिनाले बताइन् ।

 

चारदिन देखिको लगातार परेको बर्षाका कारण अधिक बाढी आएको र ओभरलोडका कारण डुङ्गा पल्टिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक सुसिलकुमार यादवले बताउनुभयो ।

डुङ्गामा सवारी पाँचजनाको मध्ये दूईजनाको महमाई गाविसका माईखोला किनारमा र तीन जनाको सव दानाबारी गाविसको खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले डुङ्गा संचालक पर्सू बस्नेतलाई नियन्त्रणमा लिएको छ । डुङ्गामा ४० जना सवार भएका मध्ये तीस जना प्रहरीले जिवितै उद्धार गरेको बाँकिको उद्धार कार्य जारी राखिएको छ ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...