माओवादी केन्द्रको राष्ट्रिय भेला सर्यो , मंसीर २ मा गर्ने निर्णय

असोज २८, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको कार्तिक १० र ११ गते काठमाडौंमा गर्ने भनिएको राष्ट्रिय भेला सरेको छ ।
माओवादी केन्द्रीय कार्यालयको आज बसेको बैठकले पार्टीको राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै प्रवक्ता पम्फा भुसालले ‘मधेशी, थारु, जनजाति लगायतका शक्तिहरुसँग छलफल र बार्ता गर्नुपर्ने भएकाले भेला सारिएको जानकारी दिनुभयो ।

उहाका अनुसार अहिले असन्तुष्ठ दल तथा समुहको मागका बिषयमा छलफल गर्नुपर्ने र प्रधानमन्त्री तथा पार्टि अध्यक्ष पुष्पकमल दाहाल त्यसमा नै व्यस्त रहने भएकाले कामको चापलाई मध्यनजर गरी कार्तिक १० र ११ गते गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते गर्ने निर्णय बैठकले गरेको हो ।
बैठकमा प्रचण्डले भोलीबाट हुने गोवा भ्रमणबारे नेताहरुलाई ब्रिफिङ गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले बैठकमा चीनका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेटको कार्यक्रम रहेको जानकारी दिँदै रुसका राष्ट्रपतिसँग भेटको सम्भावना रहेको जानकारी दिनुभएको पनि भुषलले बताउनु भयो ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter