तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्ध छः मन्त्री बोहोरा

बुटवल ,२८ असोज ।

आपूर्ति मन्त्री दीपक बोहोराले संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गते सम्म तीनै तहको निर्वाचन हुने दाबी गर्नुभएके छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटीहवामास्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाको १७ औैं साधारणसभालाई आज सम्बोधन गर्दै उहाले संविधानले तोकिएकै समयमा तीन तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

२०७४ माघ ७ गते सम्म गाउँपालिकारनगरपालिका, प्रादेशीक र संसद गरी तीन तहको निर्वाचन नभएमा संबिधान कार्यान्वयन नहुने पनि जिकीर गर्नुभयो ।

निर्धारित मितिमा निर्वाचन र संविधान कार्यान्वयन सम्पन्न नभए मुलुकमा ठूलो सङ्कट सिर्जना हुने भएकाले पनि सरकारले निर्वाचनलाई विशेष प्राथमिकतामा राखेको मन्त्री बोहराको भनाई छ ।

नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सहकारी आन्दोलनलाई सशक्त बनाउनु आवश्यक रहेको बताउँदै उहाँले ठूलो पुँजी सर्वसाधारणलाई आवश्यक नपर्ने र बैंकले सानो पुँजी लगानी नगर्ने सन्दर्भमा सहकारी विपन्न वर्गका लागि सारथी बन्न सफल भएको धारणा राख्नुभयो ।

सहकारीमा केही विकृति रहेपछि त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढाउने हो भने समृद्धिको ढोका खोल्न सकिनेमा मन्त्री बोहराले बताउनु भयो ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter