मौलिक अधिकारको सवालमा नेपालको संबिधान बिश्वमै उत्कृष्ठ

बर्दिवास, २८ असोज ।

नेकपा (माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जनको आवश्यकता रहेको बताउनुभएको छ ।

दसै, तिहार, छठ पर्व –२०७३ को उपलक्ष्यमा माओवादी केन्द्रको नगर समिति बर्दिवासले आज वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता श्रेष्ठले असन्तुष्ट पक्षको मागलाई सम्बोधन हुनेगरी संविधानलाई संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो ।

विश्वको संविधान भन्दा नेपालको संविधान मौलिक अधिकारको सवालमा उत्कृष्ठ रहेको नेता श्रेष्ठको भनाइ छ । ‘उत्पीडित वर्गको केही अधिकार र माग छुटेको जिकिर गर्दे संविधान सशोधन गरि असन्तुष्टहरुको माग पुरा गरेर मात्रै संविधानलाई सर्वोत्कृष्ट भन्न मिल्ने उहाँले बताउनुभयो ।

यस्तै माओवादी केन्द्रका अर्का नेता तथा सांसद गिरीराजमणि पोख्रेलले संविधान संशोधनप्रति एमाले सकारात्मक भई यसको कार्यान्वयनतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...