उपचार नपाएर गर्भवती महिलाको मृत्यु

ताप्लेजुङ, २८ असोज ।
ताप्लेजुङको पापुङ गाविस १ किलिङ्की ४० वर्षीया गर्भवती पेमा शेर्पाको उपचार नपाएर मृत्यु भएको छ ।

चार दिनदेखि सुत्केरी बेथा लागेर पनि बच्चा जन्माउन नसकेकी पेमाको उपचारका समयमै अस्पताल लैजान नसक्दा आज बिहान मृत्यु भएको हो ।

बिहीबार दिउँसो गर्भवती महिला लिन गएको मनाङ एयरको हेलिकप्टर खराव मौसमका कारण गन्तब्यमा पुग्न नसकेपछि पेमाको उपचार सम्भव भएन ।

पेमाको प्रसुति हुन नसकेपछि हेलिकप्ट चार्टर गरेर बोलाइएको थियो । दिनभरी हेलिकप्टर आकासमा घुमे पनि बाक्लो कुहिरोका कारण बस्न सकेन । खोक्लिङ गाविसको डाँडाँ गाउमा राखेर दुई पटक बिरामी ल्याउने प्रयास गरेको थियो । तर सम्भव नभएपछि साँझ सदरमुकाम फुङलिङको भानुजन माविको मैदानमा राति राखिएको थियो ।

‘मौसममा सुधार आए आज बिहान फेरि प्रयास गर्ने योजना रहेपनि बिहानै मृत्युको खबर आएको हेलिकप्टरमा विरामी लिन गएका कविन्द्र शेर्पाले बताउनु भयो ।

पेमालाई चार दिनदेखि प्रसुति बेथा लागेको र उनको आज राति १ बजेतिर मृत्यु भएको काका नुपु शेर्पाले बताउनु भयो । पेमाका यसअघि एक छोरा र छोरी छन् ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...