सुख्खा पहिरोका कारण सवारी सञ्चालनमा समस्या

काठमाडौं, असोज २८।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको खाँबुखैरेनी नजिकैको बाटो अहिले पनि एकतर्फी रुपमा मात्र सञ्चालन भइरहेको छ । सो बाटो दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आँबुखैरेनी–७ ऐना पहरामा दसैँको टीकाको दिन चट्टानसहितको पहिरो खसेपछि एकतर्फी रुपमा मात्र सवारी सञ्चालन भइरहेका छन् ।

अहिले पनि सुख्खा पहिरो खसिरहेकाले दुईतर्फी नै बाटो खुलाउन समस्या भएको तनहुँका एसपी कृष्ण महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरो हटाउन दुईवटा डोजर राखिएको छ । तर डोजर धेरै चलाउँदा झन् ठूलो पहिरो खस्ने जोखिम भएकाले दुईतर्फी नै बाटो खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...