राजधानीमा चहल–पहल बढ्यो

काठमाडौं, २८ असोज । दसैं मनाउन घर गएकाहरु फर्कने क्रमसँगै फूलपातीदेखि सुनसान बनेको राजधानीमा चहल–पहल बढ्न थालेको छ ।
नागढुंगा, बल्खु, साँखु, अरनिको र बीपी राजमार्ग तथा पासाङल्हामु र टोखा मार्गबाट यात्रु काठमाडौं भित्रिरहेका छन् ।
ट्राफिक प्रहरीका अनुसार विभिन्न नाकाबाट दैनिक करिब आठ हजार सवारी–साधन काठमाडौं भित्रिरहेका छन् । जुन सामान्य समयको भन्दा झण्डै दोब्बर हो ।
दसैं मनाउन बाहिरिएका करिब २२ लाख यात्रु फर्किने क्रम बढेसँगै काठमाडौंका सडकमा चाप बढेको छ ।
आजैदेखि सरकारी र निजी कार्यालय पनि खुलेका कारण कार्यालय जाने समयमा सडकमा सवारी चाप बढेको थियो ।
यसैबीच, बिजया दशमीको दिनदेखि सुरु भएको टीका÷जमरा लगाएर आशीर्वाद लिनेक्रम आज पनि जारी छ । घटस्थापनामा राखिएको जमरा भोलि कोजागत पूर्णिमाका दिन सेलाएसँगै दसैं सकिन्छ ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...