कृषिको आधुनिकीकरण लािग प्रधानमन्त्री कृषि परियोजना ल्याउने सरकारको तयारी

काठमान्डौ असोज २८ ।
सरकारले कृषिको आधुनिकीकरणको लागि प्रधानमन्त्री कृषि परियोजना ल्याउने भएको छ ।सरकारले कृषिको आधुनिकीकरण मार्फत उत्पादन वृद्धि गर्ने उद्धेश्यले करीव ६ अर्व रुपैया बराबरको प्रधानमन्त्री कृषि परियोजना ल्याउन लागेको हो ।

खाद्यन्नमा मुलुकलाई आत्मनिर्भर बनाउने तथा कृषीको आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि कार्यक्रम ल्याउन लागिएको कृषि राज्य मन्त्री राधिका तामाङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि परियोजनको सम्पूर्ण कार्यविधी समेत तय भइ सकेको बताइएको छ । मुलुकका ७० प्रतिशत भन्दा बढी जनता कृषिमा आवद्ध हुदा पनि खाद्यन्नमा आत्मनिर्भर हुन नसकेको भन्दै कृषिको आधुनिकीकरण मार्फत कृषि उत्पादन परियोजना ल्याउन लागेको कृषि राज्यमन्त्री तामाङले बताउनु भयो ।

परियोजना सञ्चालन सम्बन्धि कार्यविधी भने मन्त्रिपरिषद्बाट पारित हुन बाँकी रहेको छ । सो परियोजना मन्त्रिपरिषद्बाट पारित भएसँगै कार्यान्वयनमा आउने छ ।

युवाहरुलाई कृषि पेशामा प्रोत्साहन गर्न, कृषि ऋण, आधुनिक प्रवृद्धि भित्र्याउन पहल, खेती योग्य जमिनको पहिचान लगायतका योजना प्रधानमन्त्रीको कृषि परियोजनामा उल्लेख गरिएको छ ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार