माओवादीको केन्द्रिय कार्यालय बैठक बस्दै

काठमान्डौ असोज २८ ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय बैठक आज बस्दै छ । बैठक लाजिम्पाट स्थित सरकारी निवासमा अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल व्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा जानू अघि रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

आजको केन्द्रिय कार्यालय बैठकमा प्रधानमन्त्री दाहालको भोली हुने भ्रमणको एजेण्डाबारेमा छलफल गर्ने कार्यसूचि तय भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री दाहाल भारतको गोवामा हुन व्रिक्स सम्मेलनमा भाग लिन भोली त्यस तर्फ जादै हुनहुन्छ । व्रिक्स सम्मेलनका क्रममा विमस्टेक राष्ट्रको वैठक समेत हुने भए पछि दाहाल भातरको गोवा जान लाग्नु भएको हो ।

खास गरी चिनीया राष्ट्रपति सि जिङपिङलाई नेपाल भ्रमण गराउने सम्बन्धमा प्रधानमन्त्री दाहालको भ्रमण केन्द्रित हुने बताइएको छ । सम्मेलनका क्रममा चिनीया राष्ट्रपति सीसँग प्रधानमन्त्रीले साइडलाइन वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया