सेनाको सैन्य सामग्री आधुनिकीकरण र विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्ने चीनको प्रतिबद्धता

काठमाण्डौ, २७ असोज । छिमेकी मुलुक चीनले नेपाली सेनाको सैन्य सामग्री आधुनिकीकरण र विपद् व्यवस्थापनमा आवश्यक पर्ने सहयोगको प्रतिबद्धता गरेको छ ।

रक्षा मन्त्री बालकृष्ण खाँडको चीन भ्रमणका क्रममा चिनियाँ सैनिक अधिकारीहरुले उक्त प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

केन्द्रिय सैन्य आयोगका सदस्य समेत रहेका चीन सरकारका रक्षा मन्त्री चाङ वाङक्यु र नेपालका रक्षा मन्त्री खाँडबीच हालै वेइजिङमा भएको भेटमा मन्त्री खाँडले चीन सधै नेपालको लागि असल मित्र रहेको उल्लेख गर्दै सधै सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभएको थियो ।

यस्तै भेटमा चिनियाँ रक्षा मन्त्री चाङले नेपाली सेनाले भूकम्पको बेलामा आफ्नो टोलीसँग मिलेर गरेको कामको प्रसंशा गर्नुभएको थियो ।

उहाँले नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति मिसनमा खेलेको भूमिकाको प्रसंशा गर्नुभएको थियो । भेटमा नेपालका रक्षा मन्त्री खाँडले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया