करुणाको सनसनीपूर्ण प्रदर्शन पछि नेपालले ६ रनले जीत्यो हङकङलाई

असोज २७ काठमाण्डौं । करुणा भण्डारीको उत्कृष्ट अलराउण्ड प्रदर्शनका कारण नेपालले आईसीसी महिला विश्व्कप क्रिकेटको एशियाली छनौट अन्तर्गतको आजको खेलमा हङकङलाई रनले पराजीत गरेको छ । नेपालले हङकङलाई १७.४ ओभरमा रनमा अलआउट गरेको हो ।
नेपालले दिएको ७६ रनको लक्ष्य पछ्याएको हङकङलाई रोक्ने क्रममा करुणाले ३ विकेट झारीन भने २ जना पनि उनकै बलिङमा रन आउट भएका थिए ।
त्यस पछि सिता राना मगरले पनि दुई विकेट लिए पछि नेपाल जीतको यात्रा तर्फ अघि बढेको थियो ।
अन्त्यमा बलिङमा आएकी सबनम राईले एक विकेट लिए पछि नेपालले जीत निश्चित गरेको हो । यस्तै निर्मला कुमारी शाही, रुवीना क्षेत्री बेलबासेले समेत समान एक एक विकेट लिएका थिए ।
टस जीतेर व्याटीङ गरेको नेपालले करुणा भण्डारीको अवीजीत १९ रनको मद्धतमा ७५ रन जोड्न सफल भयो । पुरै २० ओभरमा ८ विकेट गुमाएर नेपालले उक्त स्कोर खडा गरेको हो ।
नेपालले ९ रन बनाउदै तीन विकेट गुमाएको थियो । नेपालकी ओपनर निर्मला कुमारी शाही ३ रन र सरीता राना मगर १ रनमा आउट भए पछि दवावमा परेको नेपाललाई मध्यमक्रममा व्याटस्म्यानले उकासेका हुन् ।
यस्तै काजोल श्रेष्ठ ३ रनमा आउट भए पछि नेपाल दवावमा आएको नेपालका लागि ज्योति पाण्डे र ईन्दु बर्माले सम्मानजनक स्कोर खडा गरे । पाण्डे एक चौका हान्दै ११ रन बनाएर आउट भईन् ।
त्यस पछि ईन्दु बर्मा १५ रन बनाएर पेभिलियन फर्किन् । नेरी थापा १० रनमा आउट हुदा सरीता मगर पाच रनमा आउट भईन् । रुवीना क्षेत्री बेलबासेले ४ रन जोडिन् ।
हङकङका लागि के वाई चानले १८, एम हिलले १३ र केके गिलले १० रन बनाईन् ।
यस अघि हङकङसगै भएको पहिलो खेलमा ६ विकेटले नेपाल पराजीत भएको थियो । यो जीतले नेपालको अघिल्लो चरण प्रवेशको संभावना बलियो बनेको छ ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter