अन्तराष्ट्रिय कुस्ती (दगंल) प्रतियोगीताको उपाधी भारतका अनिललाई

२७ असोज ,नवलपरासी ।

वडादशैको अवसरमा नवलपरासीमा आयोजीत अन्तराष्ट्रिय कुस्ती ( दगंल ) प्रतियोगीताको उपादी भारत गोरखपुरका अनिल कुमारले जित्न सफल भएका छन् ।

नवलपरासीको परासी हाट बजार खेल मैदानमा भएको प्रतियोगीतामा भारतकै शैलेन्द्र पहवानलाई पछि पादै अनिलले उपादी माथी कब्जा जमाउन सफल भएका हुन् । प्रतियोगीतामा प्रथम स्थान हासील गर्ने अनिलले नगद २५ हजार नगद र ट्रफी पाएका छन् भने द्धितिय स्थान हासील गर्ने शैलेन्द्रले नगद २० हजार र ट्रफी पाएका हुन् ।

यसैगरी प्रतियोगीतामा भारतकै महिला पहवान खेलाडी रिता यादवले सान्तवना स्थान हासील गर्न सफल भएकी छिन् । प्रतियोगीतामा नेपाल र भारत का गरी कुल १८ जोडीले प्रतिष्पर्धा गरेका थिए ।

दुर्गा पुजा तथा मेला ब्यवस्थापन समिती नवलपरासीको आयोजनामा हरेक बर्ष यो प्रतियोगीता हुदै आएको छ ।

14729326_656398704518590_629525355649804460_n

यस पटकको प्रतियोगीता ४१ औं पटक रहेको प्रतियोगीता ब्यवस्थापन समितीका संयोजक मिथलेश अग्रहरीले बताउनुभयो ।

बिजयी खेलाडीहरुलाई एक कार्यक्रम बिच पुर्व रक्षा राज्य मन्त्री एवंम् तराई मधेश लोकतान्त्रिक पार्टीका नेता रामबच्चन यादव र नेपाली कागं्रेसका युवा नेता एवंम् उद्योग बाणीज्य संघका अध्यक्ष भिम बहादुर थापा ( भरत ) ले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नूभएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका पुर्व रक्षा राज्य मन्त्री एवंम् तराई मधेश लोकतान्त्रिक पार्टीका नेता रामबच्चन यादवले यस्तो खेलले लोपहुदै गएको आफ्नो कला संस्कृति जगेर्ना हुने बिस्वास ब्यक्त गर्नुभयो ।

यसैगरी सोही अवसरमा नेपाली कागं्रेसका युवा नेता उद्योग बाणीज्य संघका अध्यक्ष भिम बहादुर थापा ( भरत )ले खेलाडीको पहिचानलेनै देशको पहिचान हुनेभएकाले नेपाली पहवान खेलाडीलाई पनि राज्यले उचित सम्मान सहित ब्यवस्थापन गर्नुपर्ने बिचार राख्नुभयो ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार

Like us On Facebook

Follow Us On Twitter