पाकिस्तानी महिला फुटबलरको गाडी दुर्घटनामा मृत्यु

एजेन्सी असोज २७ । पाकिस्तानी महिला फुटबल खेलाडी साहल्याला अल माजदाई बलोचको गाडी दुर्घटनामा गएराति मृत्यु भएको छ ।
कराचीमा सार्वजनिक गाडीमा यात्रा गर्ने क्रममा दुर्घटना भएको बताईएको छ । उनी स्ट्राईकरको रुपमा राष्ट्रिय टिममा खेल्ने गर्थिन् ।

उनको मृत्यु प्रति पाकिस्तानी फुटबल संघले दुखः व्यक्त गरेको छ ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...