प्रचण्ड भारत जानु अघि नै राजदुत राय किन गए दिल्ली ?

काठमाडौं, २७ असोज ।
नेपालका लागि भारतीय राजदुत रणजित राय आज विहान नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतमा हुने व्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसतर्फ जाने भएपछि त्यसअघि नै उहा आज त्यसतर्फ जानुभएको हो ।

राजदुत रायले भारतमा रहेर नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदि तथा अन्य विशिष्ठ व्यात्तिहरुसँगको भेटवार्ताका लागी वातावरण बनाउने र समय तय गर्ने स्रोतले जनाएको छ ।

मोदी लगायतसँगको भेटवार्ताको तयारीको लागि राय व्रिक्स सम्मेलन अघि नै दिल्ली उड्नुभएको हो ।व्रिक्स सम्मेलनका क्रममा प्रचण्डले भारतीय समकक्षी मोदीसँग छुट्टै भेट गर्ने योजाना रहेको स्रोतको भनाई छ ।

गोवामा यही अक्टोवर १५ र १६ मा हुने सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री प्रचण्डले सहभागीता जनाउदै हुनुहुन्छ । ब्रिक्स सम्मेलनको आउटरिच कार्यक्रम अन्तर्गत बिमेस्टेक देशका सरकार प्रमुखहरुलाई आयोजक राष्ट्र भारतले आमन्त्रण गरे अनुसार एक महिनाको अवधिमा प्रधानमन्त्री दाहाल दोस्रो पटक भारत भ्रमणमा जान लाग्नुभएको हो ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter