नेपालद्धारा हङकङ सामु ७६ रनको लक्ष्य

असोज २७ काठमाण्डौं । आईसीसी महिला विश्व्कप क्रिकेटको एशियाली छनौट अन्तर्गत नेपालले आज हङकङ विरुद्ध ७६ रनको लक्ष्य दिएको छ ।
जस जीतेर व्याटीङ गरेको नेपालले करुणा भण्डारीको अवीजीत १९ रनको मद्धतमा ७५ रन जोड्न सफल भयो । पुरै २० ओभरमा ८ विकेट गुमाएर नेपालले उक्त स्कोर खडा गरेको हो ।
पौने १२ बजे थाईल्याण्डको कोलुनमा शुरु भएको खेलमा नेपालले ९ रन बनाउदै तीन विकेट गुमाएको थियो ।
नेपालकी ओपनर निर्मला कुमारी शाही ३ रन र सरीता राना मगर १ रनमा आउट भए पछि दवावमा परेको नेपाललाई मध्यमक्रममा व्याटस्म्यानले उकासेका हुन् । यस्तै काजोल श्रेष्ठ ३ रनमा आउट भए पछि नेपाल दवावमा आएको नेपालका लागि ज्योति पाण्डे र ईन्दु बर्माले सम्मानजनक स्कोर खडा गरे । पाण्डे एक चौका हान्दै ११ रन बनाएर आउट भईन् ।
त्यस पछि ईन्दु बर्मा १५ रन बनाएर पेभिलियन फर्किन् । नेरी थापा १० रनमा आउट हुदा सरीता मगर पाच रनमा आउट भईन् । रुवीना क्षेत्री बेलबासेले ४ रन जोडिन् । हङकङले अब केही बेरमा जवाफी व्याटीङ गर्ने छ ।

यस अघि हङकङसगै भएको पहिलो खेलमा ६ विकेटले नेपाल पराजीत भएको थियो । आजको खेल जीतेमा नेपाल अर्को चरण प्रवेशको संभावना बलियो बन्ने छ । दोस्रो खेलमा थाईल्याण्डसग‘ ३ विकेटले पराजीत भएको थियो भने चीनलाई २० रनले पराजीत गरेको थियो ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया