संभावित परमाणु युद्ध वा तेस्रो विस्व युद्ध रोक्न ट्रम्पलाई जीताउनु पर्ने रुसी नेताको आव्हान

एजेन्सी असोज २७ । रुसका राष्ट्रवादी एलाईन्स सम्बद्ध नेताहरुले अमेरीकी जनताले भविष्यमा तेस्रो विस्वयुद्ध या परमाणु युद्ध रोक्ने हो भने डोनाल्ड ट्रम्पलाई जिताउनु पर्ने तर्क गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिरी पुटिन समर्थक एक नेता जिरीनोभ्सकीले संभावित खतरा टार्न सक्ने एक मात्र व्यक्ति डोनाल्ड ट्रम्प हुुने सुझाएका छन् ।
उहा प्रो क्रेमलिन लिवरल डेमोक्रयाटीक पार्टीका नेता हुनुहुन्छ । उहाले बेलायती समाचार संस्था रोएटर्ससग‘ कुरा गर्दै मस्को र वासिङटनबीचको संभावित खतरा रोक्न ट्रम्प मात्र उपयुक्त व्यक्ति भएको दावी गर्नु भयो ।

जिरीनोभ्सकीले हिलेरी क्लिन्टनले तेस्रो विश्व युद्धको वातावरण बनाएर दुनियामा खतरा पैदा गर्न सक्ने पनि चेतावनी दिनु भयो । उहाले नोभमेम्बर ८ मा अमेरीकी जनताले विश्व व्यापी शान्ति र संभावित युद्धको खतरा रोक्न ट्रम्पका पक्षमा उभिनु पर्ने र यदी क्लिन्टनको पक्षमा उभिए त्यो एउटा सर्ट मुभि जस्तो हुने र त्यसले हिरोसिमा र नागाशाकी पैदा गर्ने जिकिर गर्नु भयो ।

रुस र अमेरीकाबीच सम्बन्ध राम्रो रहेको तर युद्ध शुरु भए खराब अवस्थामा पुग्ने पनि उहाको तर्क छ । रुसले अमेरीकी चुनावमा साईबर हस्तक्षेप गरेको भनेर आरोप लागिरहेका बेला यो चेतावनी बाहिर आएको छ ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...