भारतको संभावित आतंकवाद सम्बन्धि एजेण्डाबारे नेपालको धारणा अझै तय भएन

काठमाण्डौं २७ असोज ।
भारतमा यही असोज २९ देखि सुरु हुने ब्रिक्स सम्मेलनमा नेपालले दुई पक्षीय हित र सहयोग आदानप्रदानका बारेमा मुख्य एजेण्डा बनाउने भएको छ ।यद्धपि यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट सल्लाह लिन छलफल थाल्नु भएको छ ।

सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ ।

विमस्टेकको दुई पक्षिय भेटवार्ताको क्रममा भारतले पाकिस्तानप्रति लक्षित गदै एजेण्डा बनाउने भए पछि नेपालले यस मामलामा मध्यमार्गी धार पकड्ने देखिएको छ ।

सरकारले यस विषयमा के मत व्यक्त गर्ने भन्ने आधिकारीक धारणा भने तय गरेको छैन ।
भारत छिमेकी र पाकिस्तान घनिष्ट मित्र राष्ट्र भएकाले नेपालले देशको विपक्षमा नहुने गरी धारणा राख्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा नेपाल , चीन, भारत, पाकिस्तान सहित ११ देशका सरकार प्रमुखहरुको सहभागिता रहने छ ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter