दैनिक ५० हजारका दरले उपत्यका फर्कन थाले यात्रु

असोज २७ काठमाण्डौं । दशै मान्न उपत्यकाबाट बाहिरिएका मानिसहरु विजया दशमीको टिका सकिए सगै ठूलो संख्यामा सर्वसाधारण फिर्ता हुन थालेका छन् ।
टिकाको भोलीपल्ट असोज २६ गते मात्रै नागढुंगाबाट ४३ हजार यात्रु फर्किएको प्रहरीले जनाएको छ । दशैमा पूर्व पश्चिम गए जस्तै दशै वितेपछि आउने यात्रुहरुको पनि उस्तै चाप बढ्न थालेको देखिएको छ ।

koteshwar-3

कोटेस्वरको सवारी चाप , उपत्यकाबाहिरबाट भित्रिदै गरेका यात्रु र सवारी साधनाहरु

koteshwar-2
यस्तै विपी राजमार्गको बाटोबाट पनि निजी गाडी, मोटरसाईकल, सार्वजनिक माईक्रो र जीपहरुबाट पूर्वी नेपालबाट हजारँैको संख्यामा यात्रुहरु फिर्ता भएका छन् ।
दशैमा सार्वजनिक यातायात, निजी सवारी साधन, हवाई मार्ग बाट समेत गरी २५ लाखको हाराहारीमा मानिसहरु उपत्यका बाहिर गएका थिए ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...