विजयादशमीको टिका र जमरा आज पनि लगाईदै

काठमाण्डौ ,२७ असोज । हिन्दु नेपालीहरुको महान पर्व वडादशैका दिनदेखि सुरु भएको टिका र जमरा लगाउने क्रम आज पनि जारी छ ।दशैका दिन टिका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा गई टिका जमरा लगाएर आसिर्वाद लिने गरिन्छ ।

आज पनि बिहानैदेखि टिका थाप्न जानेहरुको चलहपहल बाक्लो छ । कोजाग्रत पूर्णीमामा जमरा बिसर्जन गरेसगै दश पनि समापन हुन्छ ।
यसैबीच आज काठमाण्डौ उपत्यकामा सवारी साधन उल्लेख्य मात्रामा चलेका छन् । यस्तै बजार पसलहरु पनि खुल्न थालेका छन् । उपत्यकाको सडकमा सवारी साधन बढेसँगै बिभिन्न स्थानमा सवारी जाम समेत हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबीच दशै मान्नका लागी उपत्यका बाहिर गएका हरु क्रमश फर्कन थालेका छन् । टीकाको दिन झण्डै सुनसानजस्तै भएको काठमाडौं उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ ।

आजदेखि काममा फर्कने र टीका थाप्न जानेहरुका कारण गाडीमा घुईंचो छ । हिजो सम्म ४३ हजार सम्म यात्रु उपत्यका फर्किईसकेका छन् ।

अहिले काठमाडौं फर्किने गाडीमा बढी घुईंचो देखिन्छ । दसैँ बिदापछि शुक्रबार सरकारी कार्यालय खुल्ने र पर्सि शनिबार भएकाले पर्सिसम्म घुईंचो अझ बढ्ने यातायात व्यवसायीले बताएका छन् ।
कतिपय यात्रुले गाडी नपाएको गुनासो गरेका छन् । गाडी भएमा पनि सिट नपाउँदा समस्या भएको छ । राजमार्गमा गुड्ने गाडीले छतमा यात्रु नराखेपनि ग्रामीण क्षेत्रमा गुड्ने गाडीले भने क्षमता भन्दा धेरै यात्रु राख्ने गरेका छन् ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार