नेपाली युवा विजय सापकोटा ‘उत्कृष्ट विद्यार्थी’ पुरस्कारबाट सम्मानित


अस्ट्रेलिया, २७ असोज ।

अस्ट्रेलियामा अध्ययनरत नेपाली युवा विजय सापकोटा उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएका छन् । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरतसापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको हो । प्रत्येक बर्ष अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुमध्येबाट छनौट गरेर उक्त पुरस्कार दिने गर्दछ ।

इन्जिनियरिङ बिषय अध्ययन गरिरहेका सापकोटालाई नेतृत्वदायी भूमिका निर्वाह गरेको, बहुसांस्कृतिक समाज निर्माणका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरेको हो ।

सापकोटाले एक नेपाली विद्यार्थी भएर उच्च तहको सम्मान पाउदा आफुलाई गौरवान्वित महसुस भएको बताउनु भएको छ । उच्च शिक्षा अध्ययन अन्तरगतको विधामा सापकोटासगै उक्त पुरस्कार बंगलादेशकी विद्यार्थी सुमाया सुल्तानलाई प्रदान गरिएको छ ।

सापकोटाले न्यू साउथ वेल्समा करिब २ सय देशका अनुमानित २ लाख अन्तर्रा्ष्ट्रिय बिद्यार्थीहरुमध्येबाट आफूले उक्त पुरस्कार पाउनु सम्पूर्ण नेपाली विद्यार्थीहरुको लागि खुसीको कुरा भएको धारणा राख्नुभयो ।

३ बर्षअघि विद्यार्थी भिषामा चितवनबाट सिड्नी जानुभएका उहा सोही विश्वविद्यालयको काउन्सिलको सदस्य र नेपाली विद्यार्थी संस्थाको अध्यक्ष हुनुहुन्छ ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया