वातावरणमन्त्री जोशीले ‘मोन्ट्रियल प्रोटोकल कन्भेन्सनमा संबोधन गर्ने

काठमाण्डौ ,२६ असोज ।

जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले भोलीबाट रुवान्डामा हुने ओजन तह घटाउनेसम्वन्धि ‘मोन्ट्रियल प्रोटोकल कन्भेन्सन’मा सहभागिता जनाउनु हुनेभएको छ ।

त्यसका लागी उहा आज रुगाण्डा पुगिसक्नुभएको छ । रुवाण्डाको किगालीमा भोली र पर्सि दुई दिन हुने मन्त्रीस्तरीय वैठक (हाइलेभल सेगमेट) मा मन्त्री जोशीले नेपालको तर्फबाट संबोधन गर्नुहुुनेछ ।

मन्त्री जोशी र मन्त्रालयमा उक्त प्रोटोकल हेर्ने तुल्सिनारायण महर्जन सहितको टोली हिजो राति त्यसतर्फ गएको हो । किगालीमा मोन्ट्रियल प्रोटोकलको २८ औं सम्मेलन भने असोज २२ देखि नै सुरु भएको छ । सम्मेलनकै लागि मन्त्रालयको वातावरण महाशाखा प्रमुख नारायण तिमिल्सिना गत सातादेखि नै रुवाण्डामा हुनुहुन्छ ।

यस्तै मन्त्री जोशीले २७ र २८ गते हुने उच्चस्तरीय वैठकमा भाग लिनु हुनेछ । बैठकमा ओजन तह घटाउनेसम्वन्धि भियना सम्झौताबारे विस्तृत छलफल हुने छ ।

‘मोन्ट्रियल प्रोटोकल’का १९७ मुलुक सदस्य छन् । नेपाल १९९४ मा यसको सदस्य भएको हो ।
सम्मेलनमा ओजन तहलाई हानी र्पुयाउने क्लोरोफ्लोरो कार्बनको खपत न्युन गर्नेबारे बहस हुनेछ ।

फ्रिज, एअर कन्डिशन, चिस्यान प्लाण्टहरुमा यसको प्रयोग हुने गरेको छ । त्यसका कारण उत्पन्न भएको ग्यासका कारण ओजन तहलाई असर गर्ने विज्ञहरु बताउछन् । उक्त प्रोटोकलको सदस्य राष्ट्र भएपछि नेपालले क्लोरोफ्लोरो कार्बनको आयातमा प्रतिवन्ध लगाएको छ ।

बुध, अशोज २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया