सभापति देउवाद्धारा कात्तिक ४ गते केन्द्रिय समिति बैठक आह्वान

काठमाण्डौ ,२६ असोज ।
सत्ता साझेदार दल नेपाली काग्रेसले आगामि कात्तिक ४ गतेका लागी केन्द्रिय समितिको बैठक आह्वान गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी कात्तिक ४ गते बिहान ११ बजेका लागि केन्द्रिय कार्यसमितिको बैठक बोलाएको जानकारी गराउनु भएको छ ।

रामचन्द्र पौडेल समूहको तीब्र दबाबपछि सभापति शेरबहादुर देउवाले केन्द्रिय कार्यसमितिको बैठक बोलाउनु भएको हो ।

पार्टी कार्यलय सानेपामा बस्ने बैठकमा सरकारको समीक्षा, पार्टीका तर्फबाट सरकारमा पठाईने राज्यमन्त्री नाम र स्थानीय निकाय पुनः संरचना लगायतका एजेन्डामाथि छलफल हुने जनाईएको छ ।

पार्टी व्यक्तिवादी तवरबाट चल्न नसक्ने भन्दै पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवाको सार्वजनिक मञ्चबाटै आलोचना गर्नुभएको थियो ।

बुध, अशोज २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter