दशैमा गाडी नचल्दा समस्यामा यात्रु ( फोटो सहित )

असोज २६ काठमाण्डौं । दशैमा आधा भन्दा बढी मानिस उपत्यका बाहिर जाने गर्दछन् । यो पटक पनि २३ लाख भन्दा बढी मानिस गाडी, निजी गाडी र हवाई यात्राबाट बाहिरिए ।
त्यसको असर राजधानीमै बस्नेलाई सडक यात्रा देखि आवस्यक सामाग्री खरीद सम्ममा पर्ने गरेको छ । उपत्यकामा अष्टमी, नवमीमा कम गाडी चले । फाट्ट फुट्ट चल्ने गाडीले यात्रुलाई समस्या पथ्र्यो । थोरै चलेका टेम्पो र माईक्रोमा सर्वसाधारण यसरी भीडका साथ चढ्नु पर्ने बाध्यता थियो ।

army-gadi

सुन्धारामा वानेश्शवर जाने यात्रु पर्खदै नेपाली सेनाले चलाएको गाडी : तस्वीर सिर्जना

अर्को तिर सेना प्रहरीले नागरिकको सहायताका लागि निशुल्क मात्रामा चलाएको गाडीमा पनि यात्रुहरुले रुट नमिल्नाले उल्लेख्य मात्रामा यात्रा गर्न सकेको देखिएन ।
टिकाकै दिन अपरान्हबाट भने गाडीहरुको संख्या बढ्दै गएको छ । र विस्तारै सहज हुने देखिएको छ ।

gadi-1

न्युप्लाजामा टेम्पोमा उभिएर यात्रा गर्दै यात्रु 

gadi-2

बुध, अशोज २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया