राष्ट्रपतिद्धारा हनुमान ढोकामा टिका ग्रहण–प्रदान

 

असोज २५ काठमाण्डौं । राष्ट्रपति विद्या देवी भण्डारीले विजयादशमीको टिका हनुमान ढोका पुगेर मुख्य पूजारीको हातबाट ग्रहण गर्नु भएको छ ।
हनुमानढोकाका मुल पूजारी देवराज अर्यालबाट बिहान साईतमै राष्ट्रपतिले टिका ग्रहण गर्नु भएको हो ।
पूजारीले शास्त्रोक्त सहित टिका र जमरा प्रदान गरेका थिए । राष्ट्रपतिका पण्डित खेमचन्द्र ढकाल पनि सो अवसरमा त्याहा पुगेका थिए ।
हनुमानढोकामै पुगेर राष्ट्रपतिका काकाद्धय खगेन्द्र र जयन्त पाण्डेले पनि टिका लगाई दिएका थिए ।
साथै आफ्नी छोरी उषा किरणलाई पनि सोही स्थानमा टिका लगाएर राष्ट्रपति भण्डारी निवासमा फर्कनु भएको थियो ।
अहिले राष्ट्रपतिले सर्वसाधारणलाई शीतल निवासमा टिका लगाउने क्रम जारी छ ।

मङ्ल, अशोज २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...