एमाले अध्यक्ष ओली कार्यकर्ता र आफन्तलाई टिका लगाउनमा ब्यस्त रहने

पूर्वप्रधानमन्नत्री एवम् एमाले अध्यक्ष केपि शर्मा ओलीले हिन्दुहरुको महान् पर्व वडा दसैंले संविधानले निर्धारण गरेको समय सीमामा संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक शक्तिहरुमा प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ । आज दशशैको शुभकामना दिदै ओलीले नेपालीलाई राष्ट्रिय एकताका लागि एकजुट हुन् समेत आग्रह गर्नुभयो ।

उहाको सन्देशशमा भनिएको छ , बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालीहरुबीचको एकता र सद्भावको निरन्तरता एवम् राष्ट्रिय एकताको लागि पनि कामना समेत गर्दछु ।’

यसैबीच , अध्यक्ष ओली आज दिनभरी कार्यकर्ता र आफन्तलाई टिका लगाईदिन मै ब्यस्त रहनुहुनेभएको छ । ओलीले आज दिनभर आफ्न्त र पार्टीका इच्छुक नेता तथा कार्यकर्तालाई टीका लगाइदिने लगाइदिने कार्यक्रम तय भएके उहाका सहयोगी प्रमोद दाहालले बताउनु भयो ।

वडा दसैंको टीकाको दिन ओलीले बिहान १० देखि १२ बजेसम्म निजी निवास बालकोटमा परिवार तथा आफन्त र पार्टीका नेता कार्यकर्तालाई टीका लगाइदिनु हुनेछ ।

दिउँसो केही समय आराम गरेपछि पुन अध्यक्ष ओलीले अपरान्ह ३ बजेपछि इच्छुक नेता तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको जनाईएको छ ।

मङ्ल, अशोज २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...