दलीय स्वार्थ त्यागेर संबिधान कार्यान्वयनमा जुटौ : सभापति देउवा

काठमाडौ ,२५ असोज ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज विजया दशमीको अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बीलाई शुभकामना दिदै मुलुक एतिहासिक र महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्नुभएको छ ।

आज शशुभकामना सन्देश जारी गर्दै सभापति देउवाले सबै राजनीतिक दललाई एकताबद्ध भएर जिम्मेवारीबोधको महसुस गर्न समेत आग्रह गर्दै संविधान समय, काल, परिस्थिति, आवश्यकता र जनचाहना अनुसार परिवर्तनीय रहेको बताउनु भयो ।

मुलुकका सामु विद्यमान समस्याहरुको शान्तिपूर्ण ढंगबाट आपसी सद्भाव र एकताका आधारमा हामी सबै एकजुट भई समाधान गर्न आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अग्रसर हुन उहाको आग्रह छ । उहाले एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले एक अर्काबीच रहेको मतभेदलाई विर्सेर, देशको सर्वांगीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने धारणा राख्नुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलव्धीलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत छौं’, शुभकामना सन्देशमा भनिएको छ, ‘मुलुकका सम्पूर्ण राजनीतिक दलहरु तथा जिम्मेवार निकायहरुले आ–आफ्ना दलगत स्वार्थलाई त्यागेर मुलुकको समुन्नती र मुलुकवासीको हितलाई सर्वोपरी ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सक्छौँ भन्ने मैले ठानेको छु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले दसैंलाई धार्मिक तथा सांस्कृतिक पर्व सँगै अन्यायमाथिको न्यायको पूर्वका रुपमा समेत सम्झना गर्नुभएको छ ।

‘विजया दशमी हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो’ उनको शुभकामनामा भनिएको छ, ‘अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ ।’
देउवाले यस्ता पर्वले नेपालीलाई एकताबद्ध गर्ने उल्लेख गर्दै विविधता बीचको एकता नै नेपालीको परिचय भएको उल्लेख गर्नुभएको छ ।

मङ्ल, अशोज २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter