प्रधानमन्त्रीको सन्देश, ‘पुनरनिर्माण र नवनिर्माणमा एकता ’


काठमाण्डौ , २५ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चुनौतिपूर्ण अवसरका रुपमा रहेको भूकम्पको पुनरनिर्माण र राष्ट्रिय नवनिर्माणलाई सबैको एकता, सहकार्य र विविधताको आत्मसातीकरणले अवसरमा बदल्नु पर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै राष्टिय एकता र सहर्कानै सफलताको सुत्र रहेको बताउनु भयो ।

चुनौतीलाई अवसरमा बदल्न दसैँलगायतका सांस्कृतिक पर्वहरुको भावात्मक भूमिका महत्वपूर्ण रहेको तथ्य बिर्सन नमिल्ने प्रधानमन्त्री दाहालको भनाई छ । उहाले आज दिएको सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र रहेको धारणा राख्नु भयो ।

विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेको भन्दै प्रधानमन्त्रीले ‘विविधतायुक्त विशेषताहरु बीचको एकता कायम राउनुनु मौलिक आयाम र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु दायित्व भएको बताउनु भयो ।

प्रधानमन्त्रीले दाहालले दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान र्पुयाउँदै आएको बताउँदै सन्देशमा यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार रहेको उल्लेख गर्नुभएको छ ।

‘नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ,’ सन्देशमा भनिएको छ, ‘जनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन र्गयौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ ।’

राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुनर्प्रिभाषित र पुनःसंस्कार गर्न जरुरी रहेको भन्दै प्रधानमन्त्री दाहालले मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

मङ्ल, अशोज २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया