चीनीया राष्ट्रपतिको नेपाल भ्रमण नहुने निश्चित , बंगलादेशसग‘ महत्वपूर्ण ठूला सम्झौताहरु हुदै

असोज २५ काठमाण्डौं । चीनीया राष्ट्रपतिको यसै साता नेपाल भ्रमण हुने चर्चा भए पनि अन्ततः नेपालको कुटनीतिक कमजोरीका कारण भ्रमण नहुने पक्का भएको छ ।

नेपाल भ्रमण प्राथमिकतामा राखेर सुरक्षा तथा सल्लाहकारहरु समेत नेपाल पठाई सकेको सन्दर्भमा एकाएक सरकार परिवर्तन, प्रचण्ड सरकारको कमजोर कुटनीतिक पहलका कारण नेपालले संभावित ठूलो सहयोग समेत गुमाएको छ ।

यस अघि भ्रमण रोकिएको भनेर समाचार प्रकाशित हुदा भ्रमण स्थगित छैन भनेर वक्तव्य दिएको नेपाल सरकार अहिले मौन बसेको छ ।

एक कुटनीतिक मामलाका जानकारले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अहिलेको सरकार परिवर्तन दिल्लीको योजना र हिशाबमा भएकाले उसले चीनसग‘ नेपाल नजिकिन्छ कि भनेरै सरकार ढालेकाले भ्रमण हुने संभावनै थिएन भनी टिप्पणी गरेका छन् । अहिलेको सरकार कम्युनिष्टको नेतृत्व भए पनि खाबो काग्रेसको भएकाले यसले उत्तरतिर जान नदिने उनको तर्क छ ।

नेपालले भ्रमणका क्रममा विकासको हिशाबले ठूलो सहयोग प्राप्त गर्ने अवसर गुमाएको तर्क गर्दै उनले भारतको दवदवा रहे सम्म देशको चौतर्फी विकासको संभावना कम रहेको टिप्पणी गरेका छन् ।

वान वेल्ट वान रुटमा सहमति हुने विषयमा नेपाल स्पष्ट नभएको, भ्रमणको यथेष्ट तयारी नगरे पछि चीनीया पक्षले भ्रमण रोकेको हो । संसारभर विश्वबैंकले भन्दा धेरै लगानी गरीसकेको छिमेकी मुलुक चीन नेपालमा स्थीरता र विकास भएको देख्न चाहने हुनाले उसले जुनसुकै सहयोग गर्न सक्ने थियो । तर हाम्रो लाचारीका कारण संभव भएन उनको तर्क छ ।
बंगलादेशसग‘ ऐतिहासिक सम्झौता हुदै

नेपालमा तत्काल संभावना नभए पछि चीनीया राष्ट्रपतिले बंगलादेशको भ्रमणलाई महत्व दिनु भएको छ ।
चीनीया सहायक विदेश मन्त्री काृङ झाओ यु ले सोमबार पत्रकार सम्मेलन गरी राष्ट्रपति सि को भ्रमणमा बंगलादेश प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध नया उचाईमा पुर्याउन यो भ्रमण कोसेढुगा सावित हुने बताउनु भएको छ ।

बंगलादेशका अर्थ तथा योजना राज्य मन्त्री मा मन्नानले देशमा चीनले ४० अर्ब हाराहारीको लगानी सम्झौता हुन सक्ने बताउनु भएको छ । यद्यपि यो रकम तलमाथि हुन सक्ने छ ।

बंगलादेशको पूर्वाधार र औद्योगिक विकासमा चीनले आश्चर्यजनक रुपमा लगानी गर्ने भए पछि यो भ्रमणलाई बंगलादेशले भव्य रुपमा स्वागत गर्ने तयारी गरेको बंगलादेशका सञ्चार माध्यमहरुले जनाएका छन् ।

साथै बंगलादेशले चीनको रणनीतिक विकासको लक्ष्य अनुरुप वान वेल्ट वान रुटमा बंगलादेश प्रवेश गर्ने पनि अपेक्षा गरिएको छ । यसैबीच यो सम्झौता पछि बंगलादेशसग‘ भारत सन्तुष्ट नहुने टिप्पणी गर्न थालिएको छ ।

बंगलादेशको सेनाले मुख्य हतियारहरु चीनबाट खरीद गर्न थालेदेखि नै असन्तुष्ट भारतले वान वेल्ट वान रुटमा सहमति र ठूलो लगानी ल्याउने विषय भारतको टाउको दुखाई हुन सक्ने विष्लेषकहरुको तर्क छ ।

आगामी शुक्रबार कम्बोडियाबाट चीनीया राष्ट्रपति सि जिन पिङ बंगलादेश जानु हुने छ । त्यस पछि अक्टोबर १५ र १६ मा भारतको गोआमा हुने आठौं ब्रिक्स सम्मेलनमा सहभागी हुन राष्ट्रपति सि त्याहा पुग्नु हुने छ ।

मङ्ल, अशोज २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter