प्रेमिका बन्न लायक छैनौ श्रीमती कसरी बनाउ ?

तिम्रो अहमताले मैले तिमिसँग प्रेम गर्न सकिन , या भनौ तिमिलाई आफ्नो प्रमिका हुनेवाल जीवनसाथिको रुपमा चुन्न सकिन । मलाई माफ गर सानु । एउटा सच्चा मित्रको नाताले तिमिसँग माफि माग्दै छु ।
जब म पुन क्यानडातर्फ उडे । सोहि विमानमा तिम्रो हितैसि मित्रलाई देखे । उनले मलाई देख्नेबित्तीकै सोधीन आकास तिमि त कस्तो स्वार्थी रहेछौ । बिदेश आयौ पैसा कमायौ यतिमै धेरै ठुलो मान्छे बनिसकेछौ । तिमिले रिहालाई त आफ्नो मन मस्तीश्क सबैबाट निकालेर फाल्यौ नि हैन । त्यसो पनि के भन्नु तिमीले बिचरीलाई धोका दियौ । छि कस्तो सोच रहेछ , कति गल्डफ्रेण्ड फेर्दै हिड्दा रहेछौ । क्यानडा तिरै भेट्यौ अर्की , कि यत्ै नेपालमा कसैलाई फसाएर हिडेका छौ ।

उनको आरोप अनी आक्रोस शान्त पार्न मलाई हम्मे हम्मे नै पर्यो । किनकी अरु यात्रुहरु पनि चनाखो बन्दै थिए हामिलाई हेरेर ।
हामि सँगै स्कुल पढेका साथी उनले तिमिलाई धेरै माया र भसोसा गर्थिन । त्यसैले यसरी गालि गरिन मलाई । बिचरीलाई के थाहा सत्यता हकै थियो । कोपिलालाई सम्झाउदै भने पहिले शान्तिले कुरा सुन । के भनेको तिमिले मैले त रिहालाई कुनै धोका दिएको छैन । उ र म स्कुलदेखिका साथी आज पनि राम्रो छ सम्बन्ध । बस यति हो ।

मेरो कुरा नसकिदै जवाफ फर्काईन ,आकाश तिमिले कति झुठ बोल्छौ है, मसँग त सत्य बोल । बिचरी तिमिले धोका दिएपछि अहिलेसम्म राम्रो सँग खाना खादिन ,रोएको रोई गर्छे । भन्दैथिई हेर न कोपिला उसले मलाई धोका दियो । चित्तबुझ्दो रिजन नि दिएन । जब उ नेपाल आउन एक साता बाकी थियो । भन्यो म तिमिलाई भेट्न सक्दिन । म घरतिरै ब्यस्त हुनेभए । फेरी घरको काम छोडेर भेट्न तिमि मेरो प्रमिका पनि त रहेनौ ।

यो सुनेर म आफै छक्क परे । तिमि त्यति सम्म बदलिन्छौ सायद मैले नै नसोचेको । केहो बास्तविकता ।

उनलाई नचाहेरै पनि भन्नै पर्यो मैले तिम्रो बारेमा । हो तिमि मेरो प्रेमिका हैन , साथी हौ जसलाई मैले हरेक मोडमा साथ र सहयोग गरेको छु । एक चरण थियो म तिमिलाई माया गर्थे ,आफ्नो बनाउन चाहन्थ्ये । जीवनसाथिको रुपमा अपनाउन चाहन्थ्ये तिमिलाई । तर आफैले ईन्कार गर्यो । मेरो प्रस्तावको जवाफ ..यसरी दिएकी थियौ तिमिले । , के भनेको आकाश तिमिले म त सम्पन्न परिवारकी छोरी , केहिको कमि छैन । खानदानी परिवार चाहिन्छ मलाई अनी हेन्डसम केटा । कमाईपनि राम्रो हुनपर्यो उसको । तिमिमा त्यो अलि कम छ भलै तिमि हेर्दा चै लायक छौ । तर तिमीसँग जीवन कट्न गाह«ो हुन्छ ।
म छागाबाट खसे झै भएको थिए । तिम्रो सोच देखेर । आफुलाई समाल्दै मैले भनेको थिए ल हामि साथि भने सधै रहन्छौ । कहि भेटे बोलाउने गर्नु है रिहा । त्यति भनेर म तिमिसँग हात मिलाएर बिदा भए ।

त्यसको करिव दुई बर्षसम्म हामिबिच सम्पर्क भएन । एकदिन अचानक तिमिलाई सामाजिक सन्जालमा देखे । मलाई रिक्वेश्ट पठाएकी रहिछौ । खोलेर हेरे र स्वीकारे तिम्रो अनुरोध । त्यसपछि दैनिक कुरा गर्न सुरु गर्यो । मब्यस्त हुदा थर्काउथ्यो म सँग बोल्न तिमिलाई समय हुदैन ।

फोनमा पनि घण्टौ कुरा गर्न खोज्थ्यौ । म आफ्नो समय मिलाएर तिमिसँग कुरा गर्थे । मेरो प्रगति देखेर तिमिले खुसि ब्यत्त गर्दा म पनि हर्सित भएको थिए ।
आकाश तिमिले यति प्रगति गर्छौ भन्ने अनुमानै थिएन । मान्छे नि झन ह्यान्सम भएछौ । आम्दानी पनि राम्रै । तिम्रो दाईलाई भेटेको थिए ,काठमाण्डौमा घर बनाएका छौ अहिले । आमाबाबा गााउमा हुनुहुन्छ अब केहि समयमा उहाहरुपनि आउनुहुन्छ भन्नुहुन्थ्यो । मान्छे परिवर्तन हुन केहि समय लाग्दो रहेनछ । नि है ।

मैले जवाफ फर्काएको थिए हो रिहा ,सहि कुरा गर्यो । तर मान्छेको अवस्था त बदलीन्छ तर सोच भने त्यति छिटो परिवर्तन भएको देखिदैन ।

होर भन्दै लामो हासो हास्यौ ।

म नै ब्यस्त भएकाले त्यसको केहि दिन हाम्रो कुरा भएन । तिमिले त धेरै पटक फोन अनी म्यासेज गरेकि थियो तर मैले कुनै जवाफ फर्काउन पाईन । किनकी सबै कुरा मिलाएर छोटो समयका लागी म नेपाल फर्कनु थियो ।

नेपाल आउने दुई दिन अघि तिमिलाई कल गरेर आफैले सुनाए म घर आउदै छु । घरमा केहि समस्या छ त्यो मिलाउनु छ । दाई आमाबुबाले बोलाउनु भएको छ । तर छिटै क्यानडा नै फर्कन्छु ।

खुसि हुदै भन्यौ । मलाई नभेटि गाउ नजाउ है म तिमिलाई लिन एयरपोर्ट आउछु । मैले हुन्छ पनि भने तर त्यसको १५ मिनेटमा नै दाईको फोन आयो उहाले भन्नुभयो भाई त त रिहासँग प्रेम गर्छस् रे । उसलाई बिहे गर्ने कुरा पो गर्या छस् रे त । केहो भनेर सोध्नुभो । मेरो त शरिरले भुई नै छाडेजस्तै भयो । के भयो म आफैलाई थाहा छैन ।
उहालाई गालि गर्दै भने । कस्तो वाईयात कुरा गरेको ?? तपाईलाई थाहा छ उसको र मेरो बारेमा । मैले पहिले नै सुनाएको थिए । कस्ले भन्यो ।
उहाले शान्त हो न भाई कुरा त सुन ,रिसाउने हो पहिले नै । मलाई थाहा छ तलाई उसले अस्वीकार गरि तर अहिले आशसँग मेरो प्रेम छ । नेपाल आउदैछ । अब केहि समयमा घरमा कुरा गरेर बिहे गछौ भनेर साथीहरुलाई उसैले भन्या रहेछ । त्यहि भएर मैले थाहा पाएलगत्तै तलाई सोधेको नि ।

त्यसपछि भने तिम्रो अनुहार सम्झेर पनि घिन लागेर आयो । आखा अगाडि हसिलो आकृति आयो तिम्रो तर कपट , अहमता , स्वार्थ अनी पैसा र रुपसँग सम्बन्ध अनी प्रेमलाई तौलिने तिम्रो त्यो घिनलाग्दो व्यावहार सोच आज पनि उस्तै थियो । तिमिसँगका हरेक याद मेटाउन मन लाग्यो । सायद मलाई सिधै म तिमिलाई प्रेम गर्छु भनेको भए । मेरो जवाफ जे आएपनि हामिबिचको मित्रता सधै रहन्थ्यो । त्यो पनि गरेनौ तिमिले ।

मैले लगत्तै तिमिलाई फोन गरेर भने मलाई लिन नआउनु रिहा , समय फिक्स छैन । म सिधै घर जानु छ । तिमिलाई भेट्न पनि सक्दिन । अनी साथिहरुलाई हाम्रो बारेमा जे भनेर हल्ला फिजाएकी ह््यौ त्यसले तिमिलाई नै असर गर्नेछ । तिमि हिजो जस्तो थियौ आज पनि त्यस्तै रहेछौ जो लालचि ,स्वाथी अनी मतलबी ।
आफैले थुकेको थुक चाट्न खोज्नु राह्रो हैन । आजदेखि म सँग सम्पर्क पनि नगर्नु । सायद केहि भन्देई थियौ मैले सुन्न चाहिन ।

यसरी अन्त्य भयो हामिबीचको रिलेसन कोपिला । म आज पुन फर्कदैछु तर तिमिले त मलाई नै आरोप लगायौ । कोपिलाले चम्म मान्दै भनिन सरी यार । उ त्यस्ती होली भनेर अनुमानै गर्न सकिन । साथिहरु त यो नै ठिक छैन भन्थे । स्वाथी र लोभ लालच छ उसमा , अल्छी पनि छ तर यस्तो तल गिर्ली भन्ने लागेको थिएन ।

मैले भने किन माफि माग्छौ , तिम्रो गल्ति हैन । नेपाली समाजमा यस्ता थुप्रै रिहा छन् । जो पैसा अनी रुपका पछि लाग्छन् । क्षणिक ऐस आराम खोज्छन् । त्यहि कारण आफ्नो जीवन नै कतिले त नर्क बनाएका पनि छन् ।

उनको केहि प्रतिक्रिया आएन । मलिन अनुहार खै के सोच्न थालिन मैले अनुमान लगाउन सकिन । निक्कैबेर सन्नाटा छाएको अनुभव गरे । बिदा हुने बेला मलाई बोलाउदै भनिन् ,, आकाश पैसा र रुपका पछि लाग्नेहरुको मानसिकता आपराधिक पनि बन्न सक्छ । होस् पुर्याउ है ।

उनले किन त्यस्तो सुझाव दिईन म भन्न सक्दिन । तर तिमिलाई एउटा प्रश्न गर्न मन छ रिहा …..तिमि मेरी प्रेमिका बन्न लायक छैनौ …जीवन संगीनि कसरी बनाउ ??

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter