दसैंपछि संविधान कार्यान्वयन हुने देउवाको दाबी

काठमाडौं, असोज २४ ।

सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापाति शेरबहादुर देउवाले दशैपछि संबिधान कार्यान्वयन हुने दाबी गर्नुभएको छ ।

आज आफ्नै निवास बुढानिलकन्ठमा सन्चारकर्मीसँग कुरा गर्दै दलहरुबीचको सहमतिबाटै दशैपछि संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसका लागि दलहरुबीच छलफल भइरहेको र दसैंलगत्तै छलफललाई तीव्रता दिने पनि उहाको भनाँई छ ।

संविधान कार्यान्वयनका लागि दलहरुबीचको एकता आवश्यक रहेको भन्दै उहाले आफूले दलहरुबीचको एकताको लागि प्रयास गरिरहेको बताउनु भयो ।

मधेसी दलहरुका असन्तुष्टिहरुलाई समाधान गर्न ठूलो पार्टीका हैसियतले कांग्रेसले नेतृत्व लिने भन्दै उहाले दसैंलगत्तै सरकारले पनि पूर्णता पाउने बताउनु भयो ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया