दशैको टिकाको उत्तम साईत : ८ बजेर ४५ मिनेटमा

काठमाण्डौ ,२४ असोज ।

नेपाल पञ्चांग निर्णायक समिति यो वर्षको विजयादशमीको टीकाको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको जनाएको छ ।

समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमकाअनुसार मंगलबार बिहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा बिसर्जन गर्ने साइत रहेको छ ।

आमसर्वसाधारणले टीका लगाउन साइत हेर्नु नपर्ने भएपनि राष्ट्रप्रमुखले भने साइतमै टीका लगाउनुपर्ने बताउनु भयो ।

टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाइदिँदा उत्तम हुने पनि पनि उहाको भनाइ छ ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...