सशस्त्र प्रधान कार्यालयमा निशान भगवती र मौलोको पूजा सम्पन्न

काठमाडौं, असोज २४ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा महानवमीको अवसरमा आज निशान भगवती तथा मौलोको पूजा सम्पन्न गरिएको छ ।

मौलोस्थलमा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले बिहान ७ बजेर ५ मिनेटको शुभसाइतमा निशान भगवती तथा मौलोको वैदिक विधिपूर्वक पूजा–आराधना गरेका हुन् ।

हनुमानढोका दरबारमा रहेको निशान झन्डालाई आजै बाजागाजाका साथ सशस्त्रको टोलीले प्रधान कार्यालय र्पुयाएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुलगायत अरु वरिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

हिन्दूधर्मअनुसार देवीलाई शक्ति–स्वरुपा मानिन्छ र यिनै शक्ति–स्वरुपा भवगतीको प्रतीककारुपमा लिइने मौलो र निशान झन्डाका साथमा हातहतियारसमेतलाई फौजी संगठनहरुमा पशुबलिका साथ पूजा–आराधना गर्ने परम्परा रहिआएको छ ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...